भारतीय गायिका मुछाल काठमाडौँमा गुञ्जिने
सारांश
- भारतीय गायिका पलक मुछालले पहिलो पटक काठमाडौंमा सांगीतिक प्रस्तुति दिने भएकी छिन्।
- आगामी असोज ३ गते भृकुटीमण्डपमा 'पलक मुछाल लाइभ इन नेपाल' कार्यक्रम हुने भएको छ।
- कार्यक्रम वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रालिको आयोजना र मनु मिडिया प्रालिको व्यवस्थापनमा हुन लागेको हो।
काठमाडौँ । भारतीय गायिका पलक मुछालले पहिलोपटक काठमाडौँमा साङ्गीतिक प्रस्तुती दिने भएकी छन् । आगामी असोज ३ मा भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने टुङ्गो लागेको आयोजक संस्थाका ‘इभेन्ट म्यानेजर’ मनिष कार्कीले जानकारी दिए ।
‘यसअगाडिका कार्यक्रमको सिकाइलाई प्रयोग गर्दै यसलाई भव्य र सभ्य बनाउने छौँ । उहाँ नेपाल आउन इच्छुक हुनुहुँदो रहेछ, त्यही भएर हामीले साङ्गीतिक कार्यक्रममा प्रस्तुत गर्न लागेका हौँ”, कार्कीले भने ।
गायिका मुछालले एक श्रव्यदृश्यमार्फत सन्देश जारी गर्दै आफू नेपाल आउन उत्साहित रहेको बताएकी छन् । ‘म नेपाल आउने कुराले खुसी छु, म नेपालीलाई गीत सुनाउन र नचाउन अधैर्य छु’, उनले भनेकी छन् । यसअगाडि ‘नोरा फतेही लाइभ इन नेपाल’ आयोजना गरेको वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रालिको आयोजना र मनु मिडिया प्रालिको व्यवस्थापनमा उनी काठमाडौँ आउन लागेकी हुन् ।
गायिका मुछालको ‘कौन तुझे’, ‘प्रेम रतन धन पायो’, ‘चाहूँ मैं या ना’, ‘तेरी मेरी कहानी’, ‘जुम्मे की रात’, ‘सनम तेरी कसम’ लगायतका गीतहरू लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण