मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
सारांश
- आज मिथिला क्षेत्रमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ।
- चौरचन पर्व मिथिलाञ्चलमा विशेष रूपमा मनाइन्छ, जहाँ परिवार एकैसाथ बसेर खाना खान्छन्।
- महिलाहरूले निराहार उपवास बसी चन्द्रमाको पूजा गर्छन् र फलफूल, खीर आदि ग्रहण गर्छन्।
महोत्तरी । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ ।
पर्वलाई मिथिलाञ्चलको गाउँ बस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।
संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरू जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउँछन्।
महिलाहरूले आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन् । पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका–८ का व्रतालु राजवतीदेवीले बताइन् ।
महिलाहरूले पूजा सकाएपछि घरका सबै सदस्यहरूले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन् । चौरचन पर्व सम्पन्न भएपछि परिवारका सदस्यहरू आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खाने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण