रवि लामिछानेप्रति पूर्वराष्ट्रपति भण्डारीको सद्भाव
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र रास्वपा प्रवक्ता मनिष झाले भेटवार्ता गरे।
- भेटमा वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको थियो, जसमा भण्डारीले चिन्ता व्यक्त गरिन्।
- भण्डारीले सहकारीको विषयलाई राजनीतिक मुद्दा बनाएकोमा असन्तुष्टि जनाइन् र रवि लामिछानेप्रति सद्भाव व्यक्त गरिन्।
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गरेका छन् ।
भण्डारी निवास भंगालमा उनीहरूबिच भेटवार्ता भएको हो । ‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टा छलफल भयो’, भेटपछि प्रवक्ता झाले भने, ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट हो ।’
भेटवार्ताका क्रममा वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा भण्डारीले चिन्ता र चासो व्यक्त गरेको बताए । ‘उहाँले राजनीतिक अवस्थाका बारेमा सरोकार राख्नुभयो र यसको समाधानको आवश्यक पहलबारे छलफल भयो’, झाको भनाइ छ ।
त्यसक्रममा सहकारीको विषय समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएकोमा भण्डारीले सरोकार राखेको झाले जानकारी दिए । ‘उहाँले सहकारीबारे सरोकार राख्नुभयो र रवि लामिछानेपप्रति सद्भाव छ भन्नुभयो’ झाले भण्डारीको भनाई उद्धृत गर्दै भने, ‘नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो हो र त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेकाले नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण