दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध दायर मुद्दाको पेसी तोकियो
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं र अन्य दुई जना विरुद्ध संगठित अपराधको आरोपमा मुद्दा दायर भएको छ।
- उनीहरूलाई भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा व्यवसायीलाई धम्क्याएर रकम असुलेको आरोप लागेको छ।
- फरार रहेका रामचन्द्र मैनाली र पक्राउ परेका हरिचन्द्र फुयलमाथि अनुसन्धान भइरहेको छ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा दायर मुद्दामा पेशी तोकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा मंगलबार सुनुवाइका लागि पेशी तोकिएको छ ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको छ । रामचन्द्र मौनली फरार छन् ।
हरिचन्द्र फुयललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको आरोप छ ।
फुयलले नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेको आरोप छ । प्रसाईंसहितका आरोपीहरुलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाही गर्न मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण