गुण्डागर्दीमा संलग्न रेस लामालाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
सारांश
- काठमाडौँ जिल्ला प्रशासनले गुण्डागर्दी आरोपमा पक्राउ परेका रेस लामालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- लामालाई चाबहिलस्थित एवान क्याफेबाट पक्राउ गरिएको थियो र उनीमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ।
- उनले बत्तिसपुतलीमा एक व्यक्तिलाई कुटपिट गरेको आरोप छ, जसमा २ लाख ८० हजार तिर्नुपर्ने विवाद रहेको बताइएको छ।
काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पक्राउ परेका रेस लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
भदौ ८ गते साँझ उनी चाबहिलस्थित एवान क्याफेबाट पक्राउ परेका थिए । सोमबार जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद लिएर लामामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
भदौ ४ मा काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीमा सञ्चालित बाजेको सेकुवामा उनले एकराज कार्की ‘जनक’लाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जनकलाई रेसले २ लाख ८० हजार तिर्नुपर्ने थियो । तर, सो रकम माग्दा रेसले उल्टै कुटपिट गरेको पीडितको आरोप छ ।
यसअघि तरबारले केट काटेर टिकटकमा भिडियो पोस्ट गर्दै आतङ्क मच्चाएको आरोपमा २०८१ माघ २४ गते उनी पक्राउ परेका थिए । आफूलाई रेस लामा भनेर चिनाउने उनको वास्तविक नाम गोपाल मोक्तान हो । लामा दोलखाको बैतेश्वर गाउँपालिका–३ का स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण