भारतीय फुटबल टोली घोषणा, कप्तान सुनील क्षेत्री बाहिर
सारांश
- भारतीय फुटबल टोलीका प्रशिक्षकले सीएफए नेसन्स कपका लागि २३ सदस्यीय टोली घोषणा गरे, जसमा कप्तान सुनिल क्षेत्री समावेश छैनन्।
- प्रशिक्षक जमिलले क्षेत्री पूर्ण रूपमा फिट नभएको र फिट भएपछि टोलीमा फर्किने बताए, जसले प्रशंसकहरूमाझ चर्चा उत्पन्न गरेको छ।
- भारतले पहिलो पटक सीएफए नेसन्स कपमा भाग लिँदैछ, जसमा अफगानिस्तान, इरान, किर्गिजस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान, ओमान र भारत सहभागी हुनेछन्।
नयाँ दिल्ली । भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक खालिद जमिलले आगामी सीएफए नेसन्स कपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । तर, सबैभन्दा अचम्मको कुरा टोलीमा कप्तान सुनील क्षेत्री र मोहन बागानका धेरै खेलाडीहरूलाई समावेश गरिएको छैन ।
संन्यासबाट फिर्ता आएका कप्तान क्षेत्रीलाई टोलीमा नराख्नुको कारणबारे प्रशिक्षक जमिलले उनी पूर्ण रूपमा फिट नभएको बताएका छन् । पत्रकार सम्मेलनका क्रममा जमिलले क्षेत्रीको अनुपस्थितिलाई स्पष्ट पार्दै भने,'सुनील अहिले पूर्ण रूपमा फिट छैनन् । उनी फिट हुनेबित्तिकै उनको उपलब्धतामाथि विचार गरिनेछ । यदि उनी फिट रहे भने भारतीय फुटबल टोलीको ढोका उनका लागि सधैँ खुला रहनेछ ।'
क्षेत्रीले सन् २०२४ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए । तर टोलीका पूर्वस्पेनी प्रशिक्षक मानोलो मार्केजको आग्रहमा उनले आफ्नो निर्णय फिर्ता लिएका थिए । संन्यास फिर्ता लिएपछि क्षेत्रीले टोलीको कप्तानी सम्हाल्दै माल्दिभ्सविरुद्धको खेलमा टोलीको नेतृत्व पनि गरेका थिए ।
क्षेत्रीको अनुपस्थितिले भारतीय फुटबल प्रशंसकहरूमाझ विभिन्न चर्चा सुरु भएको छ, तर प्रशिक्षकले भने फिटनेसलाई नै मुख्य कारण मानेका छन् ।
सीएफए नेसन्स कपमा भारतले पहिलो पटक पटक सहभागिता जनाउँदै छ । सन् २०२३ बाट यो प्रतियोगिता सुरु भएको हो । यो केन्द्रीय एसियाली मुलुकहरूबिच हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । अगस्ट २९ बाट हुने दोस्रो संस्करणमा अफगानिस्तान, इरान, किर्गिजस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान सहभागी हुँदै छन् भने सँगै ओमान र भारतलाई भने आमन्त्रित सदस्य राष्ट्र बनाएर सहभागी गराइँदै छ ।
पहिलो संस्करणको उपाधिक इरानले उचालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण