आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काको मुद्दाकाे सुनुवाइ सर्यो, ४ महिनापछि पेसी
सारांश
- नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भयो।
- अदालतले खड्कालाई अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै जरिवाना र सम्पत्ति जफत गर्ने फैसला गरेको थियो।
- खड्का र नेपाल सरकार दुवैले विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए, जसको सुनुवाइ पुस ८ गते हुनेछ।
काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको छ ।
मंगलबार सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
१२ नम्बर सूचीमा तोकिएको पेसी हेर्न नभ्याउनेमा परेपछि ४ महिनापछि पेशी तोकिएको छ । अर्को पेसी पुस ८ गतेका लागि तोकिएको छ ।
२०८० असार १५ गते विशेष अदालतले खड्कालाई अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो असुल गर्ने र सोही बराबर जरिवाना गर्ने फैसला सुनाएको थियो। त्यससँगै उनका घरजग्गा, सेयर, नगद तथा बैंक मौज्दात जफत गर्ने आदेश दिएको थियो ।
विशेष अदालतले खड्काले सम्पत्ति श्रीमती शर्मिला खड्का र अमिता सोदेम्बाको नाममा लुकाएको ठहर गर्दै तीन कित्ता घरजग्गा समेत जफत गर्ने आदेश दिएको थियो ।
विशेषको निर्णयविरुद्ध खड्काले २०८१ फागुन २२ गते र नेपाल सरकारले २०८० चैत १२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। दुवै पुनरावेदनलाई एकैसाथ राखेर सर्वोच्चले सुनुवाइको पेसी तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण