अनुचित मागहरू राखेर हडताल गरेको भन्दै भारतमा १४६ कर्मचारी बर्खास्त
सारांश
- भारतको राजस्व विभागले हडतालमा उत्रिएका कर्मचारीलाई बर्खास्त गरेको छ।
- कर्मचारीहरूले अनुचित माग राखेर हडताल गरेको र सरकारी काममा बाधा पुर्याएको आरोप छ।
- राजस्व महाअभियानलाई निरन्तरता दिन सीएससीलाई गैरपरामर्शी सेवाका लागि अनुमति दिइएको छ।
पटना । भारतको राजस्व एवं भूमि सुधार विभागले मंगलबार दोस्रो दिन पनि हडताल जारी राखेका ९७ विशेष सर्वेक्षण अमीन, २४ विशेष सर्वेक्षण कानूनगो र २५ विशेष सर्वेक्षण लिपिकलाई बर्खास्त गरेको छ ।
भू–अभिलेख एवं परिमाप निर्देशालयले जारी गरेको आदेशमा भनिएको छ– बर्खास्त गरिएका कर्मचारीहरूले अनुचित मागहरू राखेर हडताल गरेको र विभागीय कार्यमा बाधा पुर्याए ।
विभागले राजस्व महाअभियान सुरु हुनेबित्तिकै हडतालमा जानु अनुशासनहीनता र सरकारी आदेशको अवहेलना भएको ठहर गरेको छ । यी सबैको नियुक्ति संविदा नियमावली २०१९ र संशोधित नियमावली २०२२ अन्तर्गत भएको थियो । नियमअनुसार यो सेवा कुनै पनि परिस्थितिमा नियमित नियुक्तिमा परिणत नहुने खालको थियो । यस बाबजुद पदनाम परिवर्तन, नियमितीकरण र समतुल्य वेतनमानजस्ता अनुचित मागहरू राखेर हडतालमा जानु शपथपत्र र संविदा सर्तहरूको खुला उल्लंघन भएको निर्देशनालयले भनेको छ ।
यसैबिच राज्य मन्त्रिपरिषद्ले कर्मचारीहरूको हडतालपछि राजस्व महाअभियानलाई गति दिन सीएससी, ई-गभर्नेन्स सर्भिस इन्डिया लिमिटेड, नयाँ दिल्लीलाई गैरपरामर्शी सेवाहरू अन्तर्गत नामित गर्ने प्रस्तावलाई
मन्जुरी दिएको छ । यसले अभियानलाई निरन्तरता दिन मद्दत पुग्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण