अपडेट
सुनको मूल्य तोलामा १ लाख ९९ हजार रुपैयाँ पुग्यो
बुधबार, ११ भदौ २०८२, १० : ३८
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको १ लाख ९९ हजार रुपैयाँ पुग्यो।
- छापावाल सुन १० ग्रामको मूल्य १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ।
- बुधबार चाँदीको मूल्य भने घटेर तोलामा २ हजार ३४५ रुपैयाँ कायम भयो।
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।
यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच बुधवार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण