काठमाडौँका सडककाे खाल्डा राति पुरिँदै (तस्बिरहरू)
बुधबार, ११ भदौ २०८२, १२ : ५८
सारांश
- काठमाडौं सडक डिभिजनले खाल्डाखुल्डीमुक्त अभियान सुरु गरेको छ।
- जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्मका सडकका खाल्डाखुल्डी पुरिएका छन्।
- सवारी चाप कम भएको समयमा मर्मत कार्य गरी दुर्घटना जोखिम कम गर्ने लक्ष्य छ।
काठमाडौँ । डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका सडकहरूलाई खाल्डाखुल्डी मुक्त बनाउने अभियान चलाएको छ । यस अन्तर्गत अरनिको राजमार्गको जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्मको सडकमा खाल्डाखुल्डी पुर्ने काम पूरा गरेको हो ।
डिभिजन कार्यालयका अनुसार हिजो राति उक्त सडक खण्डमा ’प्याच वर्क’ गरि खाल्डाखुल्डीहरू पुरिएको हो । जिल्लाका सडकहरूलाई सुरक्षित र सहज बनाउने उद्देश्यले सडक डिभिजन काठमाडौँले यो अभियान चलाएको जनाएको छ ।
सवारी साधनको बढ्दो चाप र वर्षाका कारण सडकमा देखिने खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाउनुका साथै यात्रालाई कष्टकर बनाउने गरेको थियो। बेलुकीको समयमा सवारी चाप कम हुँदा द्रुत गतिमा मर्मत कार्य सम्पन्न गर्न सहज भएको बताइएको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण