दुई वर्षभित्र नेपालकै पहिलो हक्की रङ्गशाला बनाउने लक्ष्य
सारांश
- नेपाल हक्की संघ र धुलिखेल नगरपालिकाबीच ४० वर्षका लागि रंगशाला निर्माणको सहमति भएको छ।
- रंगशालामा एक हजार दर्शक क्षमता हुनेछ र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिनेछ।
- रंगशाला निर्माणपछि खेलकुद पर्यटनको सम्भावना बढ्ने र नेपाली हक्कीको भविष्य उज्ज्वल हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाली खेलकुद क्षेत्रमा हालसम्म हक्कीका लागि कुनै पनि निश्चित रङ्गशाला निर्माण भएको छैन । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हालसम्म हक्कीका लागि भनेर रङ्गशाला निर्माणमा ध्यान नदिएको हो ।
उसो त चार दशक पहिला नेपाली खेलकुद क्षेत्रमा बेग्लै पहिचान बनाएको हक्की खेल बिस्तारै सुस्ताउँदै पनि गएको थियो । तर, २०८० सालबाट हक्कीले फेरि केही नयाँ आयाम लिन सुरु गरेको छ । नेपाल हक्की सङ्घको नेतृत्व सम्हाल्न आएका अनिल शर्मा र महासचिव सुवर्ण श्रेष्ठले केही नयाँ आयाम दिलाउन प्रयास गरेका हुन् ।
सोहीअनुसार हक्की संघले धुलिखेल नगरपालिकासँग २०० रोपनी जग्गाका लागि सम्झौता अघि बढाउन पहल थालेकामा २०८२ साल साउनमा आइपुग्दा आधिकारिक रूपमा नगरपालिका र हक्की संघबिच ४० वर्षका लागि रङ्गशाला दिने सहमति भएको छ ।
हक्की संघले उक्त रङ्गशाला बजेपछि ४० वर्षसम्म आफ्नो मातहतमा सञ्चालन गर्नेछ । त्यसपछि रङ्गशाला धुलिखेल नगरपालिकाको जिम्मामा रहने जनाइएको छ ।
हक्कीमा सामान्यतया भौतिक संरचना हेरेर अन्तर्राष्ट्रिय मापदण्ड पाउनका लागि यति दर्शक क्षमताको रङ्गशाला हुनुपर्छ भन्ने हुँदैन । तर, पनि एक हजार दर्शक क्षमताभन्दा माथिको रङ्गशालालाई राम्रो रूपमा हेर्ने गरिन्छ । त्यसैका आधारमा अहिले उक्त रङ्गशाला निर्माण गर्न लागिएको हो ।
सुरुवातमा हक्की रङ्गशाला एक हजार दर्शक क्षमताको हुनेछ । रङ्गशाला अन्तर्राष्ट्रिय हक्की महासङ्घ (एफआईएच) ओ मापदण्ड अनुसार बन्ने नेपाल हक्की संघले जानकारी दिएको छ ।
रंगशालामा १५० सिट क्षमताको होस्टेल पनि बनाउने कार्यक्रम रहेको हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । उनले रङ्गशाला निर्माणको उद्देश्य एउटा होस्टेलसँगै एकेडेमी खोल्न पनि भएको बताइन् । उनले निर्माण कार्य २ वर्षभित्र पूरा गर्ने लक्ष्य पनि लिइएको छ । निर्माण पनि यो नै पहिलो हक्की रङ्गशाला हुनेछ ।
‘हामीले रङ्गशाला बनाउने योजना लिएको समयमा नै एकेडेमी र होस्टेल खोल्ने योजना बनाएका थियौँ । त्यसै अनुसार हामी अघि बढिरहेका छौँ । सरकारले बजेट समयमा नै पास गरेमा दुई वर्षमा निर्माण कार्य पूरा हुनेछ,’ श्रेष्ठले रातोपाटीलाई भनिन् ।
_QRUPTosNJj.jpg)
धुलिखेलमा अन्तर्राष्ट्रिय मापदण्डको हक्की रङ्गशाला निर्माण भएपछि यस क्षेत्रमा खेलकुद पर्यटनको प्रचुर सम्भावना रहने नगरपालिका र संघले विश्वास लिएको छ ।
यदि अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका वर्षमा पाँच वटा मात्र प्रतियोगिता सञ्चालन गर्न सकेमा धुलिखेलको पर्यटनले सम्भावना महत्त्वपूर्ण राख्नेछ ।
यो रङ्गशालाको निर्माणले नेपाली हक्कीको भविष्यलाई उज्ज्वल बनाउने अपेक्षा गरिएको छ । नेपाल हक्की सङ्घका महासचिवका अनुसार यस रङ्गशालाको निर्माणपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका हक्की प्रतियोगिताहरू नेपालमै आयोजना गर्न सम्भव हुनेछ । यसले नेपाली खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण र प्रतिस्पर्धाको अवसर प्रदान गर्नेछ, जसले गर्दा उनीहरूको खेल कौशलमा सुधार आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण