‘भिजिट भिसा’ मा रास्वपाकै नेता जोडिएको विषयमा छानबिन समितिले बुझायो प्रतिवेदन
सारांश
- डा. चन्दा कार्कीले 'भिजिट भिसा' प्रकरणमा छानबिन समितिको प्रतिवेदन बुझाइन्।
- रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरोध जारी राख्यो।
- कांग्रेस सांसद रामहरि खतिवडाले रास्वपाका कार्यवाहक सभापतिमाथि मानव तस्करीको आरोप लगाए।
काठमाडौँ । ‘भिजिट भिसा’ प्रकरणमा पार्टीको छानबिन समितिकी संयोजक डा.चन्दा कार्कीले प्रतिवेदन बुझाएकी छिन् । बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई कार्कीले प्रतिवेदन बुझाएकी हुन् ।
भिजिट भिसा मार्फत मानव तस्करी गर्ने काममा सरकारका गृहमन्त्री रमेश लेखक समेत मुछिएको आरोप लगाउँदै रास्वपाले राजीनामा माग राखी संसद् अवरोध जारी राखेको छ । तर कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल नै भिजिट भिसा मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लगाएपछि कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
प्रतिवेदनमा आफ्नो मन्तव्य राख्दै छानबिन समितिको संयोजकको जिम्मेवारी गम्भीर उत्तरदायित्वका साथ निर्वाह गरेको जिकिर गरेकी छिन् । कार्कीले भिजिट भिसाको आवरणमा देशमा भइरहेको मानव तत्करी विरुद्ध रास्वपाले सशक्त रूपमा लड्दा लड्दैको अवस्थामा उल्टै रास्वपाको छवि, संस्थागत विश्वसनीयता र उत्तरदायित्वलाई नै प्रत्यक्ष रूपमा प्रभावित गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘यही पृष्ठभूमिमा, रास्वपाको पार्टी सचिवालयले सत्य तथ्य उजागर गर्दै आवश्यक मार्ग निर्देशनका लागि यस छानबिन समिति गठन गरेको हो । समितिले आफ्नो कार्यादेश अनुसार प्रारम्भिक बैठक २०८२ असार ३ गते बसी कार्यविधि निर्माण, कार्यसम्पादनको ढाँचा र आवश्यक सहयोगी संरचना निर्धारण गरेको थियो’, मन्तव्यमा उनले भनेकी छिन् ।
कार्यवाहक सभापति अर्याल, महामन्त्री तथा समितिका सदस्यहरूको उपस्थितिमा दोस्रो बैठक बसेर आवश्यक परामर्श प्राप्त गरिएको बताएकी छिन् । समितिले सात औपचारिक तथा आठ अनौपचारिक गरी १५ वटा बैठकहरू मार्फत यस प्रतिवेदनलाई सर्वसम्मत रूपमा निष्कर्ष सम्म पुऱ्याएको स्पष्ट पारेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण