सन्तोष राजावादीलाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
बुधबार, ११ भदौ २०८२, १५ : ५५
सारांश
- माइतीघरबाट पक्राउ परेका सन्तोष कुमार सिलवाललाई ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
- उनले गोरखापत्रमा प्रकाशित लेखको विरोध गर्दै पत्रिका च्यातेका थिए।
- सिलवाललाई हिन्दु धर्ममाथि प्रहार गरेको आरोप लागेको छ।
काठमाडौँ । माइतीघरबाट पक्राउ परेका सन्तोष कुमार सिलवाल ‘सन्तोष राजावादी’लाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
सिलवाल मङ्गलवार गोरखापत्र च्यातेको आरोपमा माइतीघरबाट पक्राउ परेका थिए । गोरखापत्रमा ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकुल असर’ शीर्षकको लेख प्रकाशित भएको विषयमा विरोध गर्दै उनले पत्रिका च्यातेका हुन् । सो लेखले हिन्दु धर्ममाथि प्रहार गरेको सिलवालको आरोप छ ।
सिलवाल लाई प्रहरी वृत्त सिंहदरबारमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली बक्स अफिसमा भारतीय फिल्मको दबदबा
-
पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण