ट्रम्पको फोन उठाउनै छाडे मोदीले
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन नउठाएको जर्मन पत्रिकाले दाबी गरेको छ।
- भारत-अमेरिका व्यापार विवाद बढ्दै जाँदा अमेरिकाले भारतमाथि थप २५ प्रतिशत आयात शुल्क घोषणा गरेको छ।
- भारतीय विदेश मन्त्रीले वासिङ्टनसँग व्यापार वार्ता जारी रहेको बताएका छन्, तर केही सुरक्षात्मक रेखा कायम गर्नुपर्ने उल्लेख गरे।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार पटकसम्म फोन गर्दा नउठाएको जर्मन पत्रिका फ्रान्कफर्टर अल्गेमाइन (एफएजी) ले दाबी गरेको छ। यो दाबी भारत–अमेरिका व्यापार विवाद चर्किरहेको समयमा आएको हो।
अमेरिकाले भारतले रुसबाट तेल खरिद बढाएको भन्दै भारतमाथि थप २५ प्रतिशत आयात शुल्क घोषणा गरेको छ। यससँगै भारतमाथिको कुल शुल्क दर ५० प्रतिशतसम्म पुगेको छ। एफएजीले लेखेको छ, ‘भनिन्छ, नरेन्द्र मोदीलाई ‘ट्रम्प’ भन्ने शब्द सुन्ने बित्तिकै आघात हुने गर्दछ।’
जापानको निक्केई एसिया ले पनि हालै भारतीय कूटनीतिक विज्ञहरूलाई उद्धृत गर्दै ट्रम्पले बारम्बार फोन सम्पर्क गर्न खोजे पनि मोदीले लगातार इन्कार गरेको लेखेको छ । यसले ट्रम्पको निराशा बढाएको बताइएको छ।
यसबिच, भारतीय विदेश मन्त्री एस. जयशंकरले भने शनिबार दिएको वक्तव्यमा वासिङ्टनसँग व्यापार वार्ता जारी रहेको तर केही "सुरक्षात्मक रेखा" कायम गर्नुपर्ने बताए।
रुसी आक्रमण अघि भारतको तेल आयातमा रुसको हिस्सा ०.२ प्रतिशत मात्र थियो। तर अहिले यो ४५ प्रतिशत पुगेको छ, जसले गत वर्ष मात्र रुसलाई करिब ४१ अर्ब पाउण्ड राजस्व दिएको भारतस्थित ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभको तथ्याङ्कमा उल्लेख छ।
ट्रम्पले यसअघि भारत र रुसलाई ‘मृत अर्थतन्त्र’ बताउँदै भारतलाई ‘युक्रेन युद्धलाई तेल आपूर्ति गरेर युद्ध मसिन चलाउने’ गरेको आरोप लगाएका थिए।
भारत–अमेरिका व्यापार वार्ता स्थगित भएको र अमेरिकी वार्ताकारहरूको नयाँ दिल्ली भ्रमण रद्द भएकोले दुवै देशबिचको सम्बन्ध चिसिएको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण