एकै दिन दुई नेता साइबर ब्युरोको फन्दामा
सारांश
- बुधबार एमाले नेता ऐन महर र रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे साइबर ब्युरोको फन्दामा परे।
- एक महिलाले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै पाँडेविरुद्ध जाहेरी दिएकी थिइन्।
- महरलाई हाजिर जमानीमा छाडिएको छ भने पाँडेको म्याद थप हुनेछ।
काठमाडौँ । बुधबार एकै दिन दुई छुट्टाछुट्टै दलका नेता साइबर ब्युरोको फन्दामा परेका छन् । साइबर अपराधमा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता ऐन महर र रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ परेका हुन् ।
जसमध्ये महर बुधबार नै रिहा भइसकेका छन् भने पाँडेको हकमा बिहीबार म्याद थप हुनेछ । साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै पाँडेविरुद्ध जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएपछि उनी आफैँ बुधबार आफैँ साइबर ब्युरो उपस्थित भएको बताइएको छ ।
उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् । यस्तै महरलाई भने म्याद थपका लागि प्रहरीले उपस्थित गराउँदा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले हाजिर जमानीमा छाड्ने निर्णय गरेका हुन् । यस्तै उनकी पत्नी सनुजा श्रेष्ठलाई पनि प्रहरीले छाडेको छ ।
एक महिलाले उनी र उनकी श्रीमतीसमेत विरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी थिइन् । महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण