वैष्णो देवी मार्गमा पहिरो : मृतकको संख्या ३० पुग्यो, २० जना घाइते
सारांश
- भारी वर्षा र पहिरोका कारण वैष्णो देवी यात्रा मार्गमा ३० जनाको मृत्यु भएको छ र २० जना घाइते भएका छन्।
- जम्मू-कश्मीरका मुख्यमंत्री उमर अब्दुल्लाहले घटनाको निरीक्षण गर्दै प्रधानमन्त्रीसँग कुरा गरेका छन् र उद्धार कार्य जारी छ।
- वैष्णो देवी श्राइन बोर्डले खराब मौसममा यात्रा नगर्न र मृतक परिवारलाई मुआब्जा दिने घोषणा गरेको छ।
जम्मू । वैष्णो देवी यात्रा मार्गमा मंगलवारको भारी वर्षा र पहिरोका कारण ३० जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्। घाइतेहरूको उपचार स्थानीय अस्पतालहरूमा जारी छ।
जम्मू-कश्मीरका मुख्यमंत्री उमर अब्दुल्लाह बुधबार बिहान जम्मू पुगेका छन् र पहिरोले क्षतिग्रस्त भएको तवी पुलको निरीक्षण गरेका छन्। उनले सञ्चार माध्यमसँग भने, ‘हामी ३० जनाको मृत्यु भएकोमा अत्यन्त दुःखी छौं। मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गरी स्थिति जानकारी गराएँ। एनडीआरएफको टोली उद्धार कार्यमा सक्रिय गरिएको छ।’
वैष्णो देवी श्राइन बोर्डले तीर्थयात्राहरुलाई खराब मौसममा यात्रा नगर्न र मौसम सुचारु भएपछि मात्रै यात्रा योजना बनाउने अनुरोध गरेको छ।
जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले अस्पतालमा घाइतेहरूको भ्रमण गर्दै मृतकका परिवारलाई मुआब्जा को जानकारी दिएका छन्। श्राइन बोर्डले मृतक परिवारलाई ५–५ लाख भारतीय रुपैयाँ र डिजास्टर म्यानेजमेन्ट टोलीले ४–४ लाख रुपैयाँ मुआव्जा उपलब्ध गराउने जनाएको छ।
यस घटनापछि वैष्णो देवी यात्रालाई अस्थायी रूपमा स्थगित गरिएको छ भने जम्मूमा सबै विद्यालय बन्द गरिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण