यातायात व्यवसायी महासङ्घ काठमाडौँ जिल्ला समितिमा नयाँ कार्यसमिति चयन
सारांश
- काठमाडौँमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन सम्पन्न भयो।
- महाधिवेशनले सुरेश श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्यो।
- नयाँ नेतृत्वमा माओवादी केन्द्र निकट व्यवसायीहरूको बहुमत रह्यो।
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ काठमाडौँ जिल्ला समितिको महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गरेको छ।
निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा हरिश चन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन्। साथै सदस्यहरूमा नबिना खड्का, रामकुमार केसी, टीका कार्की, जय दाहाल, रुपेश श्रेष्ठ, कृष्ण प्रसाद घिमिरे, चित्र भट्ट, खिलबहादुर श्रेष्ठ, दुर्गा सारु मगर र उद्धव खड्का निर्वाचित भएका छन्। लगभग २०० यातायात संघसंस्था रहेको केन्द्रीय राजधानी रहेको काठमाडौँ जिल्लामा करिब ५०० प्रतिनिधि रहेका थिए भने अत्यधिक प्रतिनिधि माओवादी केन्द्र निकटका थिए।
जिल्ला समिति अध्यक्षलगायत अधिकांश सदस्यहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट छन् । यातायात क्षेत्रमा लामो समयदेखि सक्रिय माओवादी पक्षधर व्यवसायीहरूको प्रभाव महाधिवेशनमा प्रस्ट रूपमा झल्किएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण