रौतहटबाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला, दुई जना पक्राउ
सारांश
- रौतहटको वृन्दावनबाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ।
- चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सर्लाहीका बिजेन्द्र दास र विनोद पण्डित रहेका छन्।
रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा रहेको मधेस प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्र्याक्टर गत साउन ८ गते राति करिब साढे १२ बजे चोरी भएको थियो ।
चोरी भएको ट्र्याक्टर भोलिपल्ट गत साउन १० गते सर्लाहीस्थित ईश्वरपुर नगरपालिका–११, सडक छेउ खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्दै जाँदा घटनाको १ महिना पछि ट्याक्टर चोरीमा संलग्न दुईजना लाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजेन्द्र दास र वडा–७ का २६ वर्षीय विनोद पण्डित रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् । पक्राउ परेकाहरूलाई चोरीमा संलग्न रहेको अभियोगमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण