२ वर्षसम्म कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल आरोहणमा शुल्क छुट
बिहीबार, १२ भदौ २०८२, ११ : ४५
सारांश
- नेपाल सरकारले कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल आरोहणको सलामी दस्तुर मिनाहा गरेको छ।
- यो निर्णय आर्थिक वर्ष २०८२/०८३ र २०८३/०८४ का लागि लागू हुनेछ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ ९ गते राजपत्रमा सूचना प्रकाशित गरेको छ।
काठमाडौँ । नेपाल सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर (शुल्क) पूर्णरूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सूचना अनुसार यो निर्णय दुई आर्थिक वर्ष २०८२–०८३ र २०८३–०८४ का लागि लागू हुनेछ ।
मन्त्रालयले नेपाल राजपत्रमा भदौ ९ गते सूचना प्रकाशित गरेको हो । यो छुट पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को खण्ड (ख) बमोजिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण