बुटवलस्थित कान्ति माध्यमिक विद्यालय उदाहरणीय शैक्षिक संस्था : जनार्दन शर्मा
सारांश
- माओवादी केन्द्रका नेता जनार्दन शर्माले बुटवलको कान्ति माध्यमिक विद्यालयलाई उदाहरणीय शैक्षिक संस्था भनेका छन्।
- शर्माले विद्यालयको निरीक्षण गर्दै विद्यार्थी संख्या र सौर्य ऊर्जा उत्पादनको सम्भावनाबारे चर्चा गरे।
- उनले डिजिटल प्रविधि र 'पढ्दै कमाउँदै' योजनाको कार्यान्वयनबाट शिक्षा क्षेत्रमा योगदान पुर्याउन सकिने बताए।
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले बुटवलस्थित कान्ति माध्यमिक विद्यालयलाई उदाहरणीय शैक्षिक संस्था भएको बताएका छन् ।
बिहीबार बिहान विद्यालयको निरीक्षण गर्दै शर्मा विद्यालय व्यवस्थापन, नेतृत्व तथा शिक्षकहरूसँगको भेटघाटमा सहभागी भएका थिए । सो अवसरमा उनले करिब पाँच हजार आठ सय विद्यार्थीहरू बीस हजार वर्गफुटको फराकिलो छानामुनि र साढे चार बिघा क्षेत्रफलमा अध्ययनरत रहेको तथ्य विद्यालयप्रति गर्वको विषय भएको बताए ।
उनका अनुसार विद्यालयले आफ्नो छानामाथि २ मेगावाट सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता राख्छ, जसबाट वार्षिक करोडौँ आम्दानी गर्न सकिने सम्भावना छ । “पढ्दै कमाउँदै” जस्ता योजना कार्यान्वयन गरेर हजारौँ श्रमघण्टा उपयोग गर्दै विद्यार्थी तथा अभिभावकलाई आत्मनिर्भर बनाउन सकिने उनले उल्लेख गरे ।
शर्माले डिजिटल प्रविधिमार्फत अध्यापन गर्ने–गराउने व्यवस्था लागू भएको कान्ति माविजस्ता विद्यालयहरूले अन्य साना विद्यालयहरूको व्यवस्थापनमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने र यसबाट समग्र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे ।
एक अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन शर्मा हाल बुटवलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण