स्लोभाकिया पठाइदिन्छु भन्दै साढे ५ लाख ठगी
बिहीबार, १२ भदौ २०८२, ११ : ५६
सारांश
- प्रहरीले स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पीडितहरूबाट ५ लाख ३१ हजार रुपैयाँ ठगी गरी उनी सम्पर्कविहीन भएका थिए।
- पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१२ बस्ने बागमती गाउँपालिका-५ घर भएका ३१ वर्षीय छवीन्द्र हुमागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
छवीन्द्रले स्लोभाकिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ३१ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण