डुबानको डर : महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन
बिहीबार, १२ भदौ २०८२, १२ : २०
सारांश
- काठमाडौँ महानगरपालिकाले वडा कार्यालयहरूलाई ढललगायत संरचना सफाइ गर्न निर्देशन दिएको छ।
- विपद् व्यवस्थापन विभागका अनुसार डुबान समस्या समाधानका लागि सरसफाइ गरिँदै आएको छ।
- विभागले डुबान जोखिमयुक्त स्थानहरूमा सरसफाइ गरी विवरण पेश गर्न भनेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लागि सबै वडा कार्यालयहरूलाई आफ्नो क्षेत्र भित्रका ढल, मंगल, क्याचपिट, नाली र ह्युमपाइप लगायतका संरचनाहरूको सरसफाइ गर्न निर्देशन दिएको छ । महानगरको विपद् व्यवस्थापन विभागले हिजो बुधबार जारी गरेको पत्रमा ‘डुबान समाधान’ गर्न भन्दै सफा गर्न निर्देशन दिएको हो ।
विभागका प्रमुख जगदीश अर्यालका अनुसार विगतका वर्षहरूदेखि नै काठमाडौँ महानगरपालिकामा डुबान समाधानका लागि विभिन्न संरचनाहरूको सफाइ गरिँदै आएको र यस आर्थिक वर्षमा पनि सो कार्यलाई निरन्तरता दिइएको हो ।
विभागले वडा कार्यालयहरूलाई आ–आफ्नो क्षेत्रभित्रका डुबानको जोखिम रहेका स्थानहरूमा रहेका यस्ता संरचनाहरू सरसफाइ गराउन र सरसफाइ गरिएका सम्बन्धित स्थानहरूको स्पष्ट विवरण उपलब्ध गराउन समेत भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सभाको सकसपूर्ण अङ्कगणितः एमाले–नेकपा गठबन्धनका लागि ‘हानेपा’लाई प्रस्ताव
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण