मुलुकको अवस्था सर्पले काँचुली फेर्दै गरेको जस्तो हो : घनश्याम भुसाल
सारांश
- घनश्याम भुसालले मुलुकको राजनीतिक अवस्था सर्पले काँचुली फेर्दै गरेको अवस्थासँग तुलना गरे।
- उनले वर्तमान राजनीतिक सङ्कट नयाँ इतिहासको पीडा भएको बताए, समाजमा उकुसमुकुस बढिरहेको उल्लेख गरे।
- भुसालले वामपन्थी कम्युनिस्टहरूको ध्रुवीकरण आवश्यक रहेको र पार्टीहरूको ढाँचा परिवर्तन नभएको कुरा व्यक्त गरे।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको मुलुकको राजनीतिक अवस्था सर्पले काँचुली फेर्दै गरेको अवस्था जस्तै भएको बताएका छन् ।
वर्तमान राजनीतिक सङ्कट र निकासबारे सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बिहीबार बुटवलमा गरेको बहस कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् र
‘अहिलेको अवस्था भनेको सर्पले काँचुली फेर्दै गरेको अवस्था जस्तै हो’, उनले भने, ‘आजको छटपटी नयाँ इतिहासको पीडा हो ।’
उनले समाजमा रहेको उकुसमुकुस यति तीव्र रूपमा बढिरहेको पनि बताए । ‘यो यति बढेको छ कि यसले विभिन्न ठाउँमा विभिन्न हिसाबले प्रतिक्रियाहरू उत्पन्न गरेको छ ।’
उनले कम्युनिस्ट आन्दोलन विघटनबाट देशभर र बाहिरका शुभचिन्तकहरूलाई पनि चिन्तित तुल्याएको बताए । उनले मुलुकबाट पञ्चायत, राजतन्त्र गए पनि पार्टीहरूको ढाँचा नबदलिँदा दलाल पुँजीवाद पनि कायमै रहेको बताए ।
उनले अहिलेको आवश्यकता वामपन्थी कम्युनिस्टहरू ध्रुवीकरण जरुरी रहेको भन्दै अहिले आफूहरूले नगरे अरू कसैले भए पनि निरन्तर प्रयास गरेर ध्रुवीकृत र कम्युनिस्ट एकीकृत भइछाड्ने दाबी गरे ।
‘आन्दोलन ध्रुवीकृत गर्नसक्छौँ । आज जुन परिस्थिति छ यसो हेर्दा आज मात्र निस्किएको परिस्थिति होइन, धेरै अघिदेखि देखिएको अन्तर्विरोध हो’, उनले थप भने, ‘अव यो समाजले थेग्दैन भनेर समाजले बुझिसकेको तर नयाँ नबनिसकेको अवस्था पनि छ ।’
एमाले, माओवादी वा एकीकृत समाजवादीका नक्कली सीमा भत्काउनुपर्ने र अगाडिको भविष्य छेक्न नहुने भुसालको भनाइ छ । त्यसका लागि त्यो सीमा भत्काउन अहिलेबाटै छलफल गर्नुपर्नेमा भुसालले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण