आरोहण गुरुकुलमा ‘एक चिहान’को मञ्चन सुरु
सारांश
- विराटनगरमा हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित नाटक 'एक चिहान' मञ्चन सुरु भएको छ।
- नाटकले सामाजिक अन्धता र रूढिवादलाई हटाएर प्रगतिशील मार्ग अपनाउनुपर्ने कुरालाई जोड दिएको छ।
- नाटकमा महेश पासवान, सङ्गीता यादव लगायतका कलाकारको अभिनय रहेको छ, र यसको मञ्चन भदौ २७ गतेसम्म चल्नेछ।
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित नाटक एक चिहानको मञ्चन सुरु भएको छ ।
नाटकले समाज विकासका बाधक तत्त्वहरूको उजागर गर्दै ती तत्त्वलाई हटाउने अग्रगामी यात्रामा अघि बढ्नुपर्ने मार्ग निर्देशन सहित नेपाली समाजमा जरा गाडी बसेका संस्कारगत अन्धता र धार्मिक रूढिहरूलाई छोड्दै सामाजिक परिवर्तनको प्रगतिशील र प्रगतिवादी मार्ग अवलम्बन गर्नुपर्ने मान्यता प्रस्तुत गरेको छ । मानवीय मूल्यबोधका साथ सामाजिक चेतनाको समसामयिक प्रतिनिधित्व गरेको छ ।
दिपेश भण्डारीको परिकल्पना र निर्देशनमा तयार गरिएको नाटकमा महेश पासवान, सङ्गीता यादव, उद्धव सापकोटा, दीक्षा चौधरी, गौरव खतिवडा, उपासना राई, शिवराज भुजेल, भरत कार्की, प्रदीप दाहाल, अमिशा वाग्ले, दिव्यङ्का खड्का, सागर घिमिरे, निशान चौहान राईलगायतले अभिनय गरेका छन् भने मञ्च निर्माण विकास पराजुली, ध्वनी परिचालन राज श्रेष्ठ र प्रकाश परिचालन दिपेश भण्डारीले गरेका छन् ।
विद्यार्थीहरूलाई अध्ययन सहयोग पुग्ने उद्देश्य सहित माध्यमिक तहको अनिवार्य नेपालीको पाठ्यक्रममा रहेको उपन्यासलाई नाट्य रूपान्तरण गरी नाटक मञ्चन गरिएको कार्यक्रम संयोजक देवेन्द्र यादवले बताए । भदौ ११ गतेदेखि सुरु भएको नाटक भदौ २७ गतेसम्म मञ्चन हुनेछ ।
नाटकलाई साउथ एसियन स्कुल अफ टुरिजम एन्ड होटेल मेनेजमेन्ट (सास्थम) ले प्रवर्द्धन गरेको छ भने विराट किचन, बगैँचा रेस्टुरेन्ट र किताब पसलले सहयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण