उखु किसानको आन्दोलनमा नेता झाको ऐक्यबद्धता
काठमाडौँ । उखु उत्पादक किसान संघले माइतीघर मण्डलामा गरिरहेको आन्दोलनप्रति नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार पार्टीका नेता–कार्यकर्तासहित आन्दोलनस्थल पुगेका उनले किसानका मागलाई न्यायोचित ठहर गर्दै तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।
‘उखु उत्पादन मधेसमा हुने भएकाले किसानले लामो समयदेखि यो समस्या भोग्दै आएका छन्,’ उनले भने, ‘सबै सत्ताधारी दलका नेताले किसानको मागप्रति समर्थन देखाउने तर कार्यान्वयनमा ढिलासुस्ती गर्नु गैरजिम्मेवारी हो ।’
सरकारले गत वर्ष क्विन्टलको ७० रुपैयाँ कटौती गरेको अनुदान तत्काल पुनः उपलब्ध गराउनुपर्ने, अन्य कृषिजन्य अनुदान पनि रोकिएको अवस्थाको अन्त्य हुनुपर्नेमा माग गर्दै उनले सीमा क्षेत्रमा विदेशी अन्नको बोरा पल्टाएर स्वदेशी उत्पादनका नाममा आँकडा देखाउन राज्य लागिपरेको भन्दै यस्तो कार्य ‘लाज लाग्ने’ खालको भएको टिप्पणी गरे ।
अध्यक्ष झाले किसानले मल–खादको अभावमा भोगिरहेको पीडा उठाउँदै सरकारले आपूर्ति सुनिश्चित गर्न नसकेर उल्टै किसानलाई धरपकड गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण