पार्टी आज पार्टी जस्तो बनाउन सकेनौँ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक पार्टीहरूलाई पार्टी जस्ता नबनाइँदा समस्या आएको बताएका छन् ।
सहिद प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट पार्टी गठबन्धन गरेर सत्तामा जानेमा मात्र ध्यान जाँदा समस्या आएको बताएका हुन् ।
‘पार्टी आज पार्टी जस्तो बनाउन सकेनौँ । पार्टीभित्रको लोकतन्त्रलाई बलियो बनाउन सकेनौँ । पार्टीमा जो मन पर्छ त्यसलाई राख्छौँ । शासनलाई सेवाको रूपमा बदल्न सकेनौँ । किसानको मर्म हामीलाई थाहै छैन । हरेक पार्टीमा स्पष्ट नीति नै छैन । सुशासन र पारदर्शीको कुरा भाषणमा मात्र सिमित छ । वास्तविक व्यवहारमा देखिएको छैन’, उनले भने ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिका सरकार पनि पञ्चायतकाली अवस्थाको पछि लागेको उनले आरोप लगाए ।
‘आजको कर्मचारीतन्त्रलाई समय अनुकूल पार्टीले चलाउने सक्ने क्षमता नेताहरूमा हुँदा अहिलेको समस्या आएको छ । जनताको लोकतन्त्र बनाउन नसक्दा दलालको हातमा लोकतन्त्र गयो । लोकतान्त्रिक सरकार पनि पञ्चायतकालीन योजनाको पछिपछि लाग्यो । जनताको लोकतन्त्र कसरी बनाउने ?’, उनले प्रश्न गर्दै भने ।
शर्माले सात दशकको लामो सङ्घर्ष प्राप्त भएको उपलब्धि फेरि डगमगाएको समेत बताए । आन्दोलनबाट उपलब्धि फेरि गुम्ने अवस्थामा किन पुग्यो ? गठबन्धन गरेर सरकारमा पुग्ने कम्युनिस्ट पार्टीले गम्भीर सोच्ने बेला आएकामा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण