खेलकुद
दक्षिण अष्ट्रेलियाविरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
बिहीबार, १२ भदौ २०८२, १५ : २४
काठमाडौँ । नेपाल दक्षिण अष्ट्रेलियाविरुद्धको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल दक्षिण अष्ट्रेलियाविरुद्ध ३ रनले पराजित भएको हो ।
दक्षिण अष्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५७ रन बनायो ।
नेपालका लागि रुपेश सिंहले ३७ र लोकेश बमले ३२ रनको योगदान गरे । त्यस्तै भीम सार्कीले २७ रन जोडे ।
दक्षिण अष्ट्रेलियाका थमसोनले ४ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।
दक्षिण अष्ट्रेलियाका लागि आर किङले ३४ रन बनाए । नेपालका लागि रुपेश, कारण केसी र आलमले दुई दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण