घमबहादुर विश्व आईटीएफमा निर्णायक रहने
सारांश
- घमबहादुर थापा २३औँ आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायक बन्ने भएका छन्।
- उक्त प्रतियोगिता इटालीको जेसोलोमा अक्टोबर ३ देखि १२ सम्म हुनेछ।
- थापा यसअघि सन् २०१९ मा बुल्गेरियामा भएको विश्व च्याम्पियनसिपमा पनि निर्णायक थिए।
काठमाडौँ । आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले २३ औँ आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
अक्टोबर ३ देखि १२ तारिखसम्म इटालीको जेसोलोमा हुने प्रतियोगिताका लागि आईटीएफ अम्पायर कमिटीले थापालाई निर्णायक मनोनीत गरेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले जनाएको छ । उक्त प्रतियोगिताका थापासहित विभिन्न राष्ट्रबाट कमिटीले ८० अम्पायर छनोट गरेको बताइएको छ ।
आईटीएफका महासचिव समेत रहेको थापा दोश्रोपटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा अम्पायरमा मनोनीत भएका हुन् । सन् २०१९ मा बुल्गेरियामा भएको २१ औँ संस्करणमा पनि थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
थापाले विभिन्न राष्ट्रमा भएका दक्षिण एसियाली, एसियाली, विश्व कप, कन्टिनेन्टललगायतका प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण