शासन सञ्चालनमा देखिएकाे कमजोरीलाई देखाएर व्यवस्थामाथि नै भ्रम सिर्जना गर्न खाेजियाे, सचेत रहाैँ : राष्ट्रपति
सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय शासन सञ्चालनमा देखिएका केही कमीकमजोरी र ढिलासुस्तीलाई देखाएर व्यवस्थामाथि नै भ्रम सिर्जना गर्न केही शक्ति लागेकोले सबै लोकतन्त्रवादी शक्तिहरू सचेत हुनुपर्ने बताएका छन् ।
सङ्खुवासभाको मादी नगरपालिकास्थित मादी माध्यमिक विद्यालयको हिरक महोत्सवमा राष्ट्रपति पौडेलले सरकारले सुशासन र सेवा प्रवाहमा मुख्य ध्यान दिनुपर्नेमा जोड दिए ।
जनताको भाग्य र भविष्यको फैसला आफैँ गर्ने व्यवस्था नै लोकतन्त्र भएकोले यसको कुनै विकल्प नभएको भन्दै राष्ट्रपति पौडेलको भनाइ थियो ।
राष्ट्रपति पौडेलले मादी विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै शिक्षालाई समयानुकूल र जीवनोपयोगी बनाउँदै युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्नु पर्ने बताए ।
उनले सङ्खुवासभा प्राकृतिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा देशकै नमुना जिल्ला रहेको बताउँदै विदुषि योगमाया आयुर्वेद विश्वविद्यालयलाई अगाडी बढाउनुपर्ने बताए ।
किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत आयोजना, माथिल्लो अरुणलगायतका आयोजनाहरूको विकास गरेर मुलुकले समृद्धि हासिलमा थप टेवा पुग्ने पौडेलले बताए ।
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले मादी विद्यालयले हिरक महोत्सव मनाउनु र राष्ट्रपतिजस्तो सम्मानित व्यक्तित्वको उपस्थिति हुनु जिल्लाकै गौरवको विषय भएको बताए ।
उनले शिक्षा क्षेत्रमा सङ्खुवासभा अब्बल जिल्लाको रूपमा स्थापित रहँदै आएको तथा स्रोत र साधनका हिसाबले पनि अत्यन्तै सबल र सम्पन्न जिल्ला भएको भन्दै शिक्षा क्षेत्रमा मादी माविले पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण