वीरगञ्जमा फैलिएकाे हैजाका कारण लोकतान्त्रिक मोर्चाको कार्यक्रम स्थगित
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाले वीरगञ्जमा हैजा फैलिएका कारण कार्यक्रम स्थगित गर्यो।
- मोर्चाले हैजा नियन्त्रणका लागि सरकारलाई दबाब दिने निर्णय गर्यो र उपनिर्वाचनबारे छलफल गर्यो।
- मोर्चाले रुपन्देही-३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाले वीरगञ्जको कार्यक्रम स्थगित गरेको छ । पर्साको वीरगञ्जमा फैलिएको हैजाका कारण मोर्चाले तय गरेको कार्यक्रम स्थगित गरिएको हो ।
मोर्चाको उद्देश्य, औचित्य र आवश्यकताबारे देशका ६ स्थानमा सभाहरू गर्ने निर्णय गरेको थियो । त्यसमध्ये कतिपय ठाउँमा सम्पन्न भइसकेको छ ।
वीरगञ्जनमा भदौ २० गते कार्यक्रम गर्ने तय थियो । तर अहिले त्यहाँ हैजा फैलिएको कारण स्थगित गरिएको मोर्चाका एक नेताले बताए ।
लोकतान्त्रिक मोर्चाको मूल कमिटीको बैठक बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको थियो ।
लोसपाको कार्यालयमा बसेको सो बैठकले हैजा नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि दबाब दिने निर्णय पनि गरेको छ । हैजा नियन्त्रण भएपछि मात्र अर्को मिति तय गर्ने मोर्चाले जनाएको छ ।
बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनको बारेमा पनि छलफल गरेको छ । मोर्चाले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई सघाउने निर्णय यसअघि नै गरिसकेको छ ।
उम्मेदवार चयन र प्रचार प्रसारमा मोर्चाले जोड दिने छलफल भएको बैठकमा सहभागी मोर्चाका ती नेताले बताए । प्रचार प्रसारका लागि मोर्चाले रुपन्देहीमा सम्पर्क कार्यालय स्थापना गर्ने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण