नगद ४१ हजारसहित सुर्खेतबाट ४ जना जुवाडे पक्राउ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूको साथबाट नगद ४१ हजार ५ सय २५ रुपैयाँ र १२ बुक ताससमेत बरामद गरेको छ ।बिहीबार दिउँसो २ बजेको समयमा सोही ठाउँका एन बहादुर शाहीले सञ्चालन गरेको महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको कमाण्डमा खटिएको ७ जनाको टोलीले होटलको ३०५ नम्बर कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर–७ बस्ने २४ वर्षीय हुकुम शाही, सोही ठाउँ बस्ने ३० वर्षीय हेमन थापा, वडा– ९ बस्ने ३४ वर्षीय हेमराज थापा र ३६ वर्षीय सुरेश केसी रहेका छन् ।
पक्राउ परेका जुवाडेहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।प्रहरीले जुवाजन्य गतिविधि नियन्त्रण गर्न सक्रियताका साथ लागिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण