मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधरमाथि छुरी चलाउन केपी ओली उद्धत हुनसक्ने यथार्थ छर्लङ्ग भयो : भीम रावल

बिहीबार, १२ भदौ २०८२, १८ : २९
बिहीबार, १२ भदौ २०८२

सारांश

  • डा.भीम रावलले केपी ओली सत्ता स्वार्थका लागि जस्तोसुकै मित्र र पक्षधर माथि छुरी चलाउन तयार हुने बताए।
  • रावलले ओलीको अभिव्यक्तिले पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित आफ्ना धारणालाई अस्वीकार गरेको आरोप लगाए।
  • रावलले ओलीले पार्टी भेलामा विद्या भण्डारीलाई होच्याएको र आफूलाई धम्की दिएको बताए।

काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधर माथि छुरी चलाउन उद्धत हुनसक्ने यथार्थ छर्लङ्ग भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,मैले सिद्धान्त, विधि र प्रणालीको पक्षमा उभिएर पार्टी सुमार्गमा जानुपर्छ भन्दा त्यसलाई व्यक्तिगत स्वार्थ र झगडाको रूपमा लिनेहरूले केपी ओलीका उक्त भनाइबाट पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित मेरा धारणा, विचार र अडान केपीको असीमित सत्ता लिप्सा र अहमको कारण सह्य र स्वीकार्य नभएको सत्य, तथ्य अब त सबैलाई प्रष्ट भयो होला नि? सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधर माथि पनि छुरी चलाउन केपी ओली उद्धत हुनसक्ने यथार्थ छर्लङ्ग भयो होला नि ?

यही भदौ ११ गते प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको एउटा पार्टी भेलामा आफूलाई पार्टीको अपरिहार्य अध्यक्षको रूपमा प्रस्तुत गर्दै विद्या भण्डारीलाई ’अनुभवहीन’ र ’लालगेडी’ जस्ता होच्याउने विशेषण प्रयोग गरी आलोचना गरिएको रावलले बताए । 

महाधिवेशनमा प्रतिस्पर्धा गरे पराजित हुने घोषणा गरिनुका साथै पार्टीमा अध्यक्ष हुने प्रयास गरिएमा ’भीम रावलको जस्तो हालत हुने धम्की समेत दिइएछ,रावलले भनेका छन्,यसबाट केपी ओलीको असीमित सत्ता लिप्सा, निरङ्कुश र तानाशाही चरित्र पुनः छर्लङ्ग हुँदैन र ?

आफूले जनताको बहुदलीय जनवादको मान्यता अनुरूप दसौँ महाधिवेशनमा विधि र प्रणाली अनुसार काम र सबै प्रतिनिधिहरूलाई चाहेको पदमा प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएर अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै उनले अगाडि भने,त्यसरी उम्मेदवारी दिएको तथा धारणा र विचार उक्त मान्यता अनुरूप राखेको कारणले नै मलाई कथित स्पष्टीकरण सोधिएको र मैले पार्टीबाट बाहिरिनु परेको तथ्य स्वयं केपीबाट नै बालुवाटारमा स्वीकार गरिएको छ ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप