बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्सामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

बिहीबार, १२ भदौ २०८२, २२ : २६
बिहीबार, १२ भदौ २०८२

सारांश

  • पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी फेला परेका छन्।
  • वीरगञ्ज महानगर र ठोरी गाउँपालिकामा यो रोगका बिरामी देखा परेका हुन्।
  • पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने र यसले मस्तिष्कमा असर गर्छ।

वीरगञ्ज । पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् । वीरगञ्ज महानगर र ठोरी गाउँपालिकामा पोथी लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसका एक–एक बिरामीमा भेटिएका हुन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले भने- ‘पोथी लामखुट्टेले पशुपक्षी घोडा, सुँगुर, बङ्गुर, हाँस आदिलाई टोकेर मानिसलाई टोक्यो भने मानिसमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण देखापर्छ ।’ 

यो रोगको जिवाणुले मानिसको मस्तिष्कमा असर पुर्याउँछ । यो रोगको लक्षण देखापर्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगी उपचार गराउनुपर्ने हुन्छ ।

जनस्वास्थ्य अधिकृत ठाकुरले समयमै उपचार गराएमा बिरामीलाई अपाङ्ग र मृत्यु हुनबाटसमेत जोगाउन सकिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप