यातायात व्यवसायी राष्ट्रिय महासङ्घ काठमाडौँको अध्यक्षमा श्रेष्ठ निर्वाचित
सारांश
- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको काठमाडौं जिल्ला अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भए।
- हरिशचन्द्र श्रेष्ठ सचिव र राजन श्रेष्ठ कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भए।
- काठमाडौंमा रहेका २०० यातायात समिति र कम्पनीको प्रतिनिधित्व गर्दै नयाँ कार्यसमिति गठन भयो।
काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको काठमाडौँ जिल्ला अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।
महासङ्घको आज सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । सचिवमा हरिशचन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका महासङ्घका बागमती प्रदेश संयोजक सुवन गिरीले जानकारी दिए ।
यस्तै सदस्यमा नविना खड्का, रामकुमार केसी, टीका कार्की, जय दाहाल, रुपेश श्रेष्ठ, कृष्णप्रसाद घिमिरे, चित्र भट्ट, खिलबहादुर श्रेष्ठ, दुर्गा सारु मगर र उद्धव खड्का निर्वाचित भएका छन् ।
राजधानी काठमाडौँमा भएका झण्डै २०० यातायात समिति तथा कम्पनीको प्रतिनिधित्व गर्दै उक्त समिति निर्वाचित भएको हो । अधिवेशनको महासङ्घका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण