आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस
शुक्रबार, १३ भदौ २०८२, ०६ : २६
सारांश
- आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ, जुन सन् २०१० देखि सुरु भएको हो।
- यस दिवसको उद्देश्य आणविक हतियारको उन्मूलनका लागि विश्व समुदायलाई एकजुट गर्नु हो।
- संयुक्त राष्ट्रसङ्घका महासचिवले आणविक परीक्षणको वार्षिकोत्सवमा विगतका परीक्षणहरूलाई नबिर्सन र फेरि नदोहोर्याउन आह्वान गरे।
काठमाडौँ । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।
आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाउने गरिन्छ ।
यो दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटरेसले आज सङ्क्षिप्त सन्देश दिँदै आणविक परीक्षणको ८० औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका दुई हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई विर्सन नहुने र अब उप्रान्त त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण