नेपालमा जलविद्युतको अपार सम्भावना छ : मन्त्री भण्डारी
सारांश
- उद्योगमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको सम्भावना रहेको बताए ।
- उनले विद्युत् खपत र विद्युतीय सामग्रीको प्रयोग बढिरहेको बताए ।
- मन्त्री भण्डारीले प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूलाई स्वागत गरे।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा शुक्रवार नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारी विद्युत्को सम्भावनासँगै विद्युतीय सामग्रीहरूको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताएका हुन् । उनले नेपालले विद्युत् छिमेकी देशमा पनि बेच्न सक्ने र विद्युतीय सामग्रीको प्रयोग अझ बढाउन सक्ने बताए ।
उनले भने, ‘हाम्रो उत्पादनलाई वृद्धि गर्ने कुरा स्वाभाविक रूपमा हुन्छ । यसको खपत हुन्छ, यसको बजार निश्चित छ, आजको इलेक्ट्रिसिटीको जति आवश्यकता छ यसले हाम्रो सम्भावनालाई बल पुर्याउँछ । आएका सबै स्वदेशी, विदेशी कम्पनीहरूलाई नेपालमा स्वगत गर्दछौँ । निजी क्षेत्रबाट भइरहेको यो प्रयासलाई सरकारले विभिन्न किसिमको सहयोग गरिरहेको छ । यो सम्भावनासँगै यसको राम्रो भविष्य छ भन्ने म ठान्छु ।’
मन्त्री भण्डारीले आजको बजारमा वस्तुहरूको उत्पादन र बजारीकरणको होडबाजी रहेको उल्लेख गर्दै आफ्नो उत्पादनको बजारीकरण गर्ने होडबाजी रहेको बताए । उक्त प्रतिस्पर्धामा नेपालका कम्पनीहरू पनि रहेको उनले जिकिर गरे ।
उनले सरकारको तर्फबाट लगानी सहजीकरण गर्न र नीतिमा पनि सहुलियत दिएर प्रोत्साहित गरिरहेको बताए । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण