फेडकी गभर्नर लिसा कुकद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर
सारांश
- अमेरिकी फेडरल रिजर्भकी गभर्नर लिसा कुकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेकी छिन्, बर्खास्ती रोक्नका लागि।
- ट्रम्पले सामाजिक सञ्जालमा कुकलाई बर्खास्त गर्ने घोषणा गरेका थिए, मोर्टगेज ठगीको आरोप लगाउँदै।
- कानुनी विज्ञहरूका अनुसार, बर्खास्तीअघि न्यायिक प्रक्रिया हुनुपर्छ, तर कुकलाई अहिलेसम्म कुनै मौका दिइएको छैन।
काठमाडौँ । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड)की गभर्नर लिसा कुकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेकी छिन् । यो मुद्दा कुकले आफ्नो बर्खास्ती रोक्न दायर गरेकी हुन् ।
यो कानुनी लडाइँले संघीय बैंकको दसकौँ पुरानो राजनीतिक स्वतन्त्रतालाई असर गर्न सक्छ भन्ने विश्लेषण गर्न लागिएको छ । बैंकको ११२ वर्ष लामो इतिहासमा, कुनै पनि राष्ट्रपतिले कहिल्यै गभर्नरलाई हटाउने प्रयास गरेका छैनन् । तर गत सोमबार अबेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘टु«थ सोशल’मा एक पत्र पोस्ट गर्दै कुकलाई बर्खास्त गर्ने घोषणा गरेका थिए ।
फेडमा उनको नियुक्ति अघि २०२१ मा कुकले मोर्टगेजमो ठगी गरेको दाबी ट्रम्पले पोष्टमा गरेका थिए । अमेरिकी सर्वोच्च अदालतले पहिले नै राष्ट्रपतिले नीतिगत भिन्नताका आधारमा मात्र फेडका अधिकारीहरूलाई हटाउन सक्दैनन् भन्ने संकेत दिइसकेको छ । हटाउने आधार केवल दुर्व्यवहार वा कर्तव्यको लापरबाही जस्ता गम्भीर कारणहरू हुन सक्ने अदालतको भनाइ छ ।
यस्तो अवस्थामा, बर्खास्ती अघि न्यायिक प्रक्रिया हुनुपर्छ, ताकि सम्बन्धित अधिकारीले आफ्नो पक्ष प्रस्तुत गर्न सकोस् भन्ने धेरैजसो कानुनी विज्ञहरू ठान्दछन् । तर कुकलाई अहिलेसम्म कुनै मौका दिइएको छैन । न त उनी विरुद्ध कुनै आपराधिक आरोप लगाइएको छ ।
फेड अध्यक्ष जेरोम पावेल र उनको ब्याजदर निर्धारण समितिमाथि ट्रम्पले बारम्बार आक्रमण गरिरहेको समयमा यो घटना सार्वजनिक भएको हो । फेडले द्रुत रूपमा ब्यादजर घटाओस् भन्ने ट्रम्पको चाहना छ । कुकलाई हटाउने कदम राजनीतिक दबाब सिर्जना गर्ने र ट्रम्प समर्थकहरूलाई फेड बोर्डमा नियुक्त गर्ने रणनीति हुन सक्ने विश्लेषकहरूले बताइरहेका छन् । फेडमा कम ब्याजदरलाई समर्थन गर्ने व्यक्तिहरूलाई मात्र नियुक्त गर्ने ट्रम्पले पहिले नै भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण