सिनेटमै विपक्षी नेता र अध्यक्षबिच मुक्कामुक्की भएपछि...
सारांश
- मेक्सिकोको सिनेटमा विपक्षी नेता र अध्यक्षबीच हात हालाहाल भयो, प्रत्यक्ष प्रसारणमा देखियो।
- विपक्षी नेताले सिनेट अध्यक्षलाई धकेलेपछि, अन्य सांसदहरू पनि मुक्का हानाहानमा उत्रिए।
- विदेशी सेनाको उपस्थितिबारेको छलफलको क्रममा विवाद बढेपछि घटना भएको थियो।
मेक्सिको सिटी । मेक्सिकोको सिनेटमा बुधबार हङ्गामा भयो । बहसमा चर्काचर्की भइरहँदा विपक्षी नेताले सिनेट अध्यक्षलाई समातेर धकेल्न थाले । सिनेटको कार्यवाही सकिएपछि सांसदहरूले राष्ट्रिय गान गाइरहेका बेला यो घटना भयो । सिनेटमा नेताहरूले आफ्नो कुर्सी छोडेर एक अर्कालाई मुक्का हान्न थालेको प्रत्यक्ष प्रसारणबाट सारा विश्वले देख्यो । यो दृश्य स्तब्धकारी अनि लज्जास्पद थियो ।
विपक्षी इन्ष्टिच्यूशनल रिभोलुशनरी पार्टी (पीआरआई)का नेता अलेजान्ड्रो अलिटो मोरेनोले सत्तारुढ मोरेना पार्टीका सिनेट अध्यक्ष गेरार्डाे फर्नान्डेज नोरोनामाथि आक्रमण गरे । मोरेनो बारम्बार ‘मलाई बोल्न देऊ’ भन्दै थिए ।
उनले नोरोनाको हात समाते । नोरोनाले ‘मलाई नछोउ’ भने । तर कुरा यहीँ रोकिएन । दुई बीच धक्का मुक्की सुरु भयो । नोरोनाका एक सहयोगीले दुई जनालाई छुट्याउन आए । तर मोरेनोले उनलाई पनि हानेर भुँइमा लडाइदिए ।
एउटा छलफलपछि यो हङ्गामा सुरु भएको थियो । मेक्सिकोमा विदेशी सशस्त्र सेनाको उपस्थिति बारेको छलफल चर्काचर्कीसम्म पुग्गेको हो । ‘मोरेनोले मलाई उक्साउन सुरु गरेका हुन्, उनले मलाई छोए अनि मलाई ताने पनि’ झगडापछि पत्रकार सम्मेलनमा बोल्ने क्रममा नोरोनाले भने ।
आफूलाई हातमा हिर्काइएको भन्दै उनले मोरेनोले ‘म तँलाई मारिदिन्छु’ सम्म भने । नोरोनाले अति गरेको अनि के गरिरहेको छु भन्ने कुरा आफूलाई थाहा भएको झगडापछि सामाजिक सञ्जालमा एउटा पोस्टमा मोरेनोले लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण