सौराहामा मापसे र रड प्रहार गर्ने वरिष्ठ हवल्दारलाई विभागीय कारबाही
सारांश
- चितवनको सौराहामा मादक पदार्थ सेवन गरेका प्रहरी हवल्दारले युवकलाई रड प्रहार गरे।
- सडकमा युवकलाई रड प्रहार गरेको भिडियो सार्वजनिक भएपछि हवल्दारमाथि विभागीय कारबाही सुरु भएको छ।
- हवल्दारलाई आक्रमण गर्ने ३ जना र हवल्दारको आक्रमणबाट घाइते युवकको उपचार भइरहेको छ।
काठमाडौँ । चितवनको सौराहामा मादक पदार्थ सेवन गरेर युवकलाई रड प्रहार गर्ने प्रहरीका वरिष्ठ हवल्दारमाथि कारबाही प्रक्रिया अघि बढेको छ । स्थानीय चित्रसारी चौकीमा कार्यरत वरिष्ठ हवल्दार जगतबहादुर महतोले भदौ ९ मा राति मोटरसाइकलमा आएका युवकलाई रोकेर रड प्रहार गरेका हुन् ।
उनले रड प्रहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । कार्यालयबाट आउट निस्केका महतोले मापसे गरेर सडकमा युवकलाई आक्रमण गरेका हुन् । उनलाई विभागीय कारबाही अघि बढाइएको चितवनका एसपी गोविन्द पुरीले रातोपाटीलाई बताए ।
साइकलमा सवार व्यक्तिहरूलाई चेकजाँच गर्न खोज्दा हवल्दारलाई त्यसअघि अरू ३ जनाले आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । वरिष्ठ हवल्दारलाई आक्रमण गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको एसपी पुरीले बताए ।
पक्राउ पर्नेमा कालिका नगरपालिका–४ घर भएका छट्टु चौधरी, निर्मल चौधरी र रत्ननगर नगरपालिका–८ घर भएका सुमित चौधरी छन् । उनीहरु विरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
महतोलाई आक्रमण गरेर ३ जना फरार भए । आफूमाथि आक्रमण गर्नेहरूलाई खोज्दै गएका हवल्दारले त्यसपछि मोटरसाइकलमा आएका युवकलाई रोकेर रड प्रहार गरेका हुन् । हवल्दारको आक्रमणमा घाइते भएका युवकको उपचार भइरहेको छ ।
आक्रमण पछि हवल्दार महतोले ‘मलाई मार्या, म ढलेँ’ भनेर फोनमा कसैलाई बोलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । घटनामा हवल्दार पनि घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण