लिम्पियाधुरा र लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग
सारांश
- राप्रपाले लिम्पियाधुरा र लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेको छ।
- राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा बैठकमा माग गरेका हुन्।
- भारत र चीनबीचको व्यापार सम्झौतामा नेपालको भूमि समेटिएको विषय उठेको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबिच नेपालका भूमिलाई समेटेर गरिएको व्यापार सम्झौताका विषयमा सदस्यको हैसियतमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेका हुन् ।
यद्यपि सरकारले यसअघि नै लिम्पियाधुरा समेटिएको चुच्चे नक्सासहितको विवरण संयुक्त राष्ट्र सङ्घीय निकायमा पठाइसकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ‘कमन कोर डकुमेन्ट अफ नेपाल’ नामक चुच्चे नक्सासहितको दस्ताबेज २०२५ जनवरीमा राष्ट्र सङ्घीय मानवअधिकार ‘ट्रिटी बडी’मा पठाएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ प्रधानमन्त्री हुँदा रोकिएको प्रतिवेदन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्बाट पारित गरेर राष्ट्र सङ्घमा पठाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण