वीरगन्जमा हैजा : ४४७ जना बिरामी निको भएर घर फर्किए
सारांश
- पर्सा जिल्लामा हैजाका संक्रमित निको भएर घर फर्किनेको संख्या बढेको छ, हालसम्म ४४७ जना घर फर्किएका छन्।
- पर्सामा हैजाका कुल ६७६ शंकास्पद बिरामी देखा परेका छन्, जसमध्ये १५२ जनामा हैजा पुष्टि भएको छ।
- नारायणी अस्पतालमा झाडापखाला तथा हैजाका बिरामीको संख्या बढेको छ, जहाँ उपचार निःशुल्क भएपछि बिरामीको चाप बढेको छ।
वीरगन्ज । पर्सा जिल्लामा हैजा सङ्क्रमितहरू निको भएर घर फर्किन सङ्ख्या बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सार्वजनिक गरेको विवरणमा गएको ८ दिनमा झाडा पखाला तथा हैजाबाट सङ्क्रमितहरू निको भएर घर जानेको सङ्ख्या चार सय नाघेको हो ।
जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म ४ सय ४७ जन बिरामी निको भएर घर फर्किएका छन् । झाडा पखाला तथा हैजाको शङ्कास्पद बिरामी भई उपचार गराउनेहरूमध्ये आधाभन्दा बढी बिरामी निको भएर घर फर्किएको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाइरहेको छ ।
पर्सा जिल्लामा अहिलेसम्म झाडा पखाला तथा हैजाको शङ्कास्पद बिरामी कुल ६७६ जना देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । घर फर्किनेहरू मध्ये हैजा पुष्टि भएका ७८ जना घर फर्किएको जनस्वास्थ्यका अधिकृत ठाकुर बताउँछन् । उनका अनुसार अहिले अस्पतालमा भने हैजा पुष्टि भएका ७४ जना बिरामी उपचार गराइरहेका छन् ।
पर्सामा सङ्क्रमण देखिएको आठौँ दिनसम्ममा कुल १५२ जनामा हैजा पुष्टि भएको जनस्वास्थ्य कार्यालयको आँकडा छ । वीरगन्जका विभिन्न अस्पतालहरूमा गरी ३२ जना आईसीयु, ७ जना एचडीयु र १८७ जनाको जेनरल वार्डमा उपचार भइरहेको छ ।
जनस्वास्थ्य कार्यालय पर्साका अनुसार नारायणी अस्पतालमा ४९, तराई अस्पतालमा ४६, भवानी अस्पतालमा ४, वीरगन्ज हेल्थ केयरमा ७ जनाको उपचार भइरहेको छ ।
यसैगरी अलि अर्थोमा २, नेशनल मेडिकल कलेजमा २०, मंगलम प्याथोलेजीमा १, एडभान्स अस्पतालमा २, नारायणी जेनरल अस्पतालमा १, पोखरिया अस्पतालमा ९ र अन्य निजी अस्पतालहरूमा एकाएक गरी कुल १५२ जना झाडा पखाला तथा हैजा शङ्कास्पद बिरामीहरू अहिले उपचाररत रहेको जन स्वास्थ्य कार्यालयले पर्साले तथ्याङ्क सार्वजनिक गरेको छ । यही ६ गतेदेखि वीरगन्जमा हैजाका बिरामीहरू फेला परेका थिए ।
- नारायणी अस्पतालमा ४९ बिरामीको भर्ना
पछिल्लो समय नारायणी अस्पतालमा उपचारका लागि जाने झाडा पखाला तथा हैजा सङ्क्रमित बिरामीहरूको सङ्ख्या बढेको छ ।
सुरुमा निजी अस्पतालमा बढी उपचार गराइरहेका बिरामीहरू अहिले भने नारायणी अस्पतालमा बढी भर्ना हुन थालेका छन् ।
जन स्वास्थ्य कार्यालयले पर्साले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणमा निजी भन्दा बढी नारायणी अस्पतालमा ४९ जना बिरामी उपचाररत रहेका छन् ।
सबै उपचार निःशुल्क गर्न भनेपछि अहिले नारायणी अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढेको अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले बताए । औषधीसहित सबै निःशुल्क पाउने भएपछि अस्पतालमा बिरामी बढी भर्ना हुन थालेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण