दाङमा पहल थिएटर निर्माण सुरु
शुक्रबार, १३ भदौ २०८२, १५ : ११
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका– १५ मा पहल थिएटर निर्माण हुने भएको छ । चलचित्रकर्मी एवं नाट्यकर्मी केएल बुढाथोकीको पहलमा थिएटर निर्माण हुन थालेको हो ।
साहित्यकार एवं दाङका अग्रज नाट्यकर्मी नारायणप्रसाद शर्माले थिएटरको शिलान्यास गरे । मौलिक शैलीमा निर्माण गरिने पहल थिएटर दाङको पहिलो थिएटर हुनेछ । थिएटर निर्माण सुरु भएसँगै दाङका नाट्यकर्मीहरू निकै उत्साहित भएका छन् ।
दाङमा २००४ सालदेखि नाटक मञ्चन परम्परा सुरु भएपनि आधुनिक थिएटर नहुँदा नाटकको गुणात्मक विकास हुन सकेको छैन ।
पहल थिएटर निर्माण भएपछि दाङमा नियमित नाटक मञ्चन गरिने थिएटर निर्माण संयोजक बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण