एकैदिन सरुवा भएका यी हुन् २१९ हाकिम, कुन पालिकामा को गए ?
सारांश
- संघीय मामिला मन्त्रालयले २१९ उपसचिव र शाखा अधिकृतको सरुवा गरेको छ।
- यस सरुवाको मुख्य उद्देश्य देशभरका नगरपालिका र गाउँपालिकाबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउनु हो।
- हाल १० स्थानीय तहमा सहसचिव पद रिक्त रहेको छ।
काठमाडौँ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१९ उपसचिव र शाखा अधिकृतको सरुवा गरेको छ । देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउन मन्त्रालयले एकै पटक ठुलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको हो ।
नगरपालिकामा प्रशासन क्षेत्रका उपसचिव, गाउँपालिकामा शाखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी हुने गरेको छ ।
मन्त्रालयका अनुसार हिजो मात्रै १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा भएको हो । ‘सङ्ख्याको हिसाबले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने– ‘यी सरुवामध्ये १०५ वटा नगरपालिकामा उपसचिव र ८६ वटा गाउँपालिकामा शाखा अधिकृत खटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको अवस्था हटाइएको छ ।’ उनले थपे, ‘अब नभन्दा पनि उपसचिव र शाखा अधिकृत दरबन्दी हुनेमा निमित्त छैनन् ।’
१० सहसचिव पद अझै रिक्त
अब नेपालको ६ वटा महानगरपालिकामध्ये ५ वटामा मात्र सहसचिव कार्यरत छन् । एक महानगरका सहसचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन । यस्तै ११ वटा उपमहानगरपालिकामध्ये दुई वटामा मात्र सहसचिव कार्यरत छन् भने बाँकी ९ वटा उपमहानगरपालिकामा सहसचिव पद खाली छ । अब एउटा महानगरपालिका र ९ वटा उपमहानगरपालिका गरी कुल १० वटा स्थानीय तहमा सहसचिव पद अझै रिक्त रहेको छ ।
कुन पालिकामा को प्रमुख प्रशासकीय अधिकृत ? (सूचीसहित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण