प्रहरी सहायक निरीक्षक भुजेलको निधन
शुक्रबार, १३ भदौ २०८२, १७ : ३०
सारांश
- ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका असई इन्द्र भुजेलको निधन भएको छ।
- ड्युटीमा निस्कने क्रममा बेहोस भई ढलेका भुजेललाई अस्पताल लैजाँदा मृत्यु भएको हो।
- ४५ वर्षीय भुजेलको मृत्यु हृदयघातका कारण भएको अनुमान गरिएको छ, उनी झापाका बासिन्दा हुन्।
ताप्लेजुङ । यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा भुजेल बेहोस भई ढलेका थिए । उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको डीएसपी गौतमले जानकारी दिए ।
४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ । उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण