माधव नेपालको एमालेलक्षित टिप्पणी : ‘मान्छेहरू गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेका छन्’
सारांश
- माधवकुमार नेपालले केपी ओलीमाथि अधिनायकवादी प्रवृत्ति मौलाएको आरोप लगाए।
- उनले एमालेभित्रका मानिसहरू आँसु झार्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गरे।
- नेपालले प्रभु शाह र उपेन्द्र यादवमाथि बदला लिने काम सुरु भएको बताए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् ।
शुक्रबार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौँले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
नेकपा (एमाले)लाई लक्षित गर्दै उनले त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गरे । एमालेभित्र रहेका मानिसहरूले भोगिरहेको र आफूहरू समेत तमासा हेरेर बसिरहेको उनको टिप्पणी छ ।
आफूहरूले सुरु गरेको कम्युनिष्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदा समेत संविधान संशोधन र ऐन कानुन निर्माणमा तीव्रता दिन नसक्नुको मुख्य दोषी ओली भएको उनको आरोप छ ।
एमाले नेतृत्व पूर्व सहयोगीमाथि बदला लिन उद्यत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गरे ।
उनले भने,‘कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने हो । त्यही हो अनेकौँ जटिलताले भरिएको समाज । यो समाजमा रहेका जटिलतालाई बुझ्नुपर्छ । समस्यालाई बुझेर समाधान गर्ने आँट गर्नुपर्छ । त्यसपछि सफलता हासिल हुन्छ । जुन पार्टीबाट हामीले सुरु गरेको हो त्यही पार्टीले इतिहासमा एक पटक मात्रै मौका पायो । २०७४ सालको चुनावमा बहुमत ल्यायो । माओवादीले साथ दिने बित्तिकै दुई तिहाइ बहुमत ल्यायो । त्योभन्दा राम्रो अवसर अरू के हुन्थ्यो ? संविधान संशोधन गर्न सक्थ्यो, जस्तोसुकै कानुन बनाउन सक्थ्यो । तर त्यो भएन । कम्युनिष्ट आन्दोलनमा अहिले देखा परेको अत्यन्तै खतरनाक अधिनायकवादी प्रवृत्तिले कस्तो कस्तो समस्या खडा गरेको छ । यो विषयमा धेरै बताइरहनु पर्दैन । जम्मै प्रमाण साक्षी छ भने तथ्य नै प्रष्ट छ । त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ आँसु झारौँ भनेर ठाउँ खोज्दै हिँडिरहेका छन् । दिनदिनै त्यहाँ भएका मान्छेहरूले भोगिरहेका छन् भने हामी पनि टाढा बसेर तमासा हेरेर बसिरहेका छौँ । कहिले बाको गीत गाइरहेको सुन्छु । कहिले म झोले हुँ भन्ने गीत चलिरहेको देखिन्छ । त कहिले खबरदार भनिरहेको सुन्छौँ । अब बदला सुरु भएको छ उपेन्द्र यादव, प्रभु शाहमाथि । अब बदला सुरु हुनेछ प्रचण्डमाथि । कोही बाँकी बच्ने वाला छैनन् ।’
उनले कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण