कृषि
तनहुँमा ८६३ मेट्रिक टन आलु उत्पादन
शुक्रबार, १३ भदौ २०८२, २३ : ४४
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा तनहुँमा ८६३ मेट्रिक टन आलु उत्पादन भएको छ।
- आलु प्रवर्द्धन आयोजना कार्यक्रमअन्तर्गत १३ कृषक समूहले एक हजार रोपनीमा आलु खेती गरेका थिए।
- कृषक समूहलाई जनकदेव, एमएस र काडिनल जातको आलुको बीउ ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइयो।
तनहुँ । आलु प्रवर्द्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिक टन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो ।
कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ । उक्त कार्यक्रमका लागि रु ९३ लाख ३० हजार बजेट विनियोजन गरिएको उनले बताए । यसका लागि प्रति समूहलाई ८० क्विन्टल किलो आलुको बीउ उपलब्ध गराइएको थियो ।
कार्यालय प्रमुख लामिछानेका अनुसार किसानलाई जनकदेव, एमएस र काडिनल जातको आलुको बीउ ७५ प्रतिशत अनुदानमा प्रदान गरिएको थियो । उनीहरूलाई खेती गर्न विभिन्न उपकरण समेत उपलब्ध गराएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण