जम्मु–कश्मीरको रियासीमा पहिरो, एकै परिवारका सात जनाको मृत्यु
सारांश
- भारतको जम्मु-कश्मीरस्थित रियासी जिल्लामा पहिरो जाँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ।
- रियासी जिल्लाको भद्दर गाउँमा गएको पहिरोमा परि सात जनाको ज्यान गएको पुष्टि भएको छ।
- मुख्यमन्त्री उमर अब्दुल्लाहले वर्षाका कारण सतर्क रहन र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्।
काठमाडौं, । भारतको जम्मु–कश्मीरस्थित रियासी जिल्लामा शनिबार बिहानै गएको भीषण पहिरोमा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
बीबीसीसँग कुरा गर्दै एक वरिष्ठ अधिकारीले घटनामा सात जनाको ज्यान गएको पुष्टि गरेका छन् । पहिरो रियासी जिल्लाको भद्दर गाउँमा भएको बताइएको छ ।
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहको कार्यालयले सामाजिक सञ्जाल एक्स मार्फत समवेदना प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । जसमा भनिएको छ, 'भद्दर गाउँमा भएको पहिरोमा एउटै परिवारका सात जनाको निधन भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्दछौं।'
मुख्यमन्त्री अब्दुल्लाहले हालै देखिएको लगातार वर्षाको कारण जनतालाई सतर्क रहन, संवेदनशील क्षेत्रमा नजान र सुरक्षासम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।
स्थानीय प्रशासनले उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण