महिलाको शक्ति र त्यागलाई सम्मान गर्नुपर्छ : विद्या भण्डारी
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सम्पूर्ण समाजको प्रगतिको आधार रहेको बताइन्।
- उनले महिलाको योगदानलाई अझै सम्मान प्राप्त नभएको टिप्पणी गरिन्, र महिलालाई आत्मविश्वासी बन्नुपर्ने बताइन्।
- भण्डारीले चुरे क्षेत्रको दोहनले तराईमा मरुभूमीकरण, बाढी र भूमिगत पानीको समस्या बढेको बताइन्।
वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सम्पूर्ण समाजको प्रगतिको आधार रहेकी बताएकी छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घले शनिबार वीरगन्जमा आयोजना गरेको बृहत् महिला सम्मेलन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
परिवार निर्माणदेखि उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणमा महिलाको योगदान अग्रपङ्क्तिमा रहेको उनको भनाई छ । पूर्वराष्ट्रपति भण्डारीले समाजमा महिलाको योगदानलाई अपेक्षित सम्मान अझै प्राप्त नभएको टिप्पणी समेत गरिन् ।
उनले भनिन्– ‘हामीले महिला समाजमा पूर्णरुपमा सक्षम हुन्छन् भनेर देखाउनुपर्छ, अझ बढी महिला आत्मविश्वासी बन्नुपर्छ ।’ महिलाको शक्ति र त्यागलाई संस्थागत रुपमा सम्मान गर्न सकिए समृद्ध नेपालको सपना पूर्ण रूपमा पूरा गर्न सकिने उनले बताइन् ।
भण्डारीले मधेसको तराई क्षेत्रका जनताहरू अहिले धेरै समस्याबाट पीडित भइरहेको समेत बताइन् । चुरे क्षेत्रको दोहनका कारण मधेसका जनताहरू गम्भीर समस्याबाट जुधिरहेको उनकाे भनाइ थियाे । उनले भनिन्– ‘चुरे क्षेत्रको दोहनले तराई क्षेत्रमा मरुभूमीकरण र बाढी डुबानकाे समस्या बढिरहेको छ, भूमिगत पानीको स्तर समेत घटिरहेको छ,’ उनले भनिन् ।
यी समस्याले सबै पक्षलाई गम्भीर असर पुर्याइरहेको बताउँदै उनले अब सरकारले कडाइका साथ नियमन गर्न जरुरी रहेको बताइन् । कार्यक्रममा मधेसमा उत्कृष्ट कार्य तथा समाजसेवा गर्ने महिलाहरूलाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण