शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : चीनमा लिपुलेकको चर्चा, मिस नेपाल बनिन् लुना

शनिबार, १४ भदौ २०८२, २२ : ००
शनिबार, १४ भदौ २०८२

काठमाडौँ । आज मिति २०८२ साल भदौ महिनाको १४ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–

  • चीनमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच शनिबार थियानजिनमा भेटवार्ता भएको छ । थियानजिन अतिथि गृहमा भएको भेटवार्तामा दुई देशबिच आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय सहकार्यबारे छलफल भएको बताइएको छ । उच्चस्तरीय भेटलाई नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

  • न्यायाधीशमाथि कारबाही

न्याय परिषदको तथ्याङ्क अनुसार पाँच वर्ष यता विभिन्न तहका ९ न्यायाधीश कारबाहीमा परेर पदमुक्त भएका छन् । खराब आचरण, कार्यक्षमताको अभाव, योग्यताको कारण देखाउँदै ती न्यायाधीशलाई न्याय परिषदले पदमुक्त गर्ने निर्णय गरेको थियो । 

  • मिस नेपाल

लुना लुइँटेल यस वर्षको मिस नेपाल वर्ल्ड बनेकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन् । 

  • प्रधानमन्त्रीको चीन भ्रमण

कूटनीति क्षेत्रमा प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । नेपाल र जपानबिच जुनको खालको कूटनीतिक सम्बन्ध छ, त्यस आधारमा उनी सो कार्यक्रममा सहभागी हुन नहुने धेरैको भनाइ छ । विदेश मामिला जानकार एवं पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा दुई देशको द्वन्द्वमा नेपाल मिसिन नहुने बताउँछन् ।

  • पर्सामा हैजा र झाडापखाला

पर्सा जिल्लामा झाडापखाला तथा हैजाका केसहरू तीव्र गतिमा बढिरहेका छन् । स्वास्थ्य कार्यालय, पर्साले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म जिल्लाभरि ७१२ जना संक्रमित दर्ता भएको जनाएको छ।

  • अन्तर्वार्ता

मन्त्रालयको समग्र काम कारबाही र विभिन्न तहका सरकारबिचको समन्वय र सहकार्यको विषयमा केन्द्रित रही रातोपाटीका लागि अनिश मिजार र अमृत चिमरियाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश :

  • मर्मतमा आनाकानी

५२ पोखरी ७२ कुण्डका लागि परिचित पौराणिक सहर जनकपुरधामको प्रख्यात गंगा सागरको डिल भत्किने खतरा बढेको छ । राम नारायण स्मृति भवन निर्माणका लागि गंगा सागरको पूर्वी डिल छेउ ठुलो खाल्डो खनिएको छ । चौतर्फी विरोधका बाबजुद भवन निर्माण अघि बढाएपछि निर्माण कार्य रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर भएको थियो ।

  • सुनको मूल्य

यस साताभरको सुनचाँदीको कारोबार विश्लेषण गर्दा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा भने सामान्य उतारचढाव देखिएको छ ।

  • महानगर प्रहरी दिवस

काठमाडौँ महानगर प्रहरी बलले शनिबार राष्ट्रिय सभा गृहमा ३३ औँ महानगर प्रहरी दिवस मनाएको छ । कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख बालेन साहसहित उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहेको  महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

  • शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामग्री :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप