‘पद्मश्री साहित्य पुरस्कार’ रमेश भुसालको ‘छालबाटो’लाई
सारांश
- रमेश भुसालको कृति 'छालबाटो' लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने भएको छ, जसमा कैलाश मानसरोवरदेखि गंगासम्मको यात्रा समेटिएको छ।
- रमा शर्मालाई पद्मश्री साधना सम्मान र प्राडा अभिनारायण सुवेदीलाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिने भएको छ।
- यी पुरस्कारहरू कोजाग्रत पूर्णिमाको दिन एक विशेष समारोहमा प्रदान गरिनेछ, जसमा जनही तीन लाख नगद र सम्मानपत्र समावेश छ।
चितवन । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्दै आइरहेको प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार’ यस वर्ष रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानलाई वि.सं. २०८१ मा प्राप्त नेपाली साहित्यका २०३ वटा पुस्तकमध्येबाट उत्कृष्ट सूचीमा परेको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रालाई जीवन्त रूपमा समेटेको छ। भुसालको कृतिले कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत सजीव ढङ्गले प्रस्तुत गरेको छ।
त्यसैगरी, नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रत्येक वर्ष प्रदान गरिने ‘पद्मश्री साधना सम्मान’ यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गरिने भएको छ। भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा आफ्नो जीवन समर्पित गरेकी रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन्।
समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्राडा अभिनारायण सुवेदीलाई प्रदान गरिनेछ। नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा। डा। अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन्। साहित्य सिर्जना तथा समसामयिक लेखनमा उहाँको सक्रियता विशेष प्रशंसनीय छ।
यी तीनवटै पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ। यी महत्त्वपूर्ण पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन एक विशेष समारोहका बिच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण